माओवादी केन्द्र पदाधिकारी चयननजिक, बिहीबार निर्णय हुने
काठमाडाैं, भदाै १ : नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी चयनको नजिक पुगेको जनाएको छ ।पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले...
काठमाडाैं, भदाै १ : नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी चयनको नजिक पुगेको जनाएको छ ।
पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी संगठनको बारेमा छलफल गर्दै पदाधिकारी चयनको नजिक पुगेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए।
उनले बिहीबार बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी चयनको निर्णय गर्ने बताए। बैठकमा केन्द्रीय कमिटी, पोलिटब्युराे र स्थायी कमिटीलाई पूर्णता दिने विषयमा छलफल भएको र बिहीबार नै अन्तिम टुंगाे लाग्ने प्रवक्ता महराले जानकारी दिए।
स्थायी कमिटी बैठकल बिहीबार बिहान पुनः बस्ने माओवादीले जनाएको छ।
माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्नेबारे छलफल भएकाे पनि बताइएको छ।
प्रकाशित मिति: १६:३६ बजे, बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











