प्रधानमन्त्रीले ट्वीट गर्दै भने, ‘मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ’
काठमाडौं, मंसिर १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनपछि ट्वीट गर्दै आफ्नो स्वास्थ्यमा तीव्र सुधार भएको जनाएका छन्।
आज बिहान गरेको ट्व....

काठमाडौं, मंसिर १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनपछि ट्वीट गर्दै आफ्नो स्वास्थ्यमा तीव्र सुधार भएको जनाएका छन्।
आज बिहान गरेको ट्वीटमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ।’
उनले सात दिनपछि आज ट्वीट गरेका हुन्। मंसिर १० गते पेट दुखेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। त्यहाँ उनको पेरिटोनाइटिसको शल्यक्रिया गरिएको छ।
उनी आज बिहानदेखि कुराकानी र हिडडुल गर्न थालेका छन्। केही सन्चो लागेपछि ट्वीट गर्दै दुई दिनयता शल्यक्रिया गराएर स्वास्थ्योपचार गरिरहेको बताएका छन्।
उनले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने सबैलाई धन्यवाद पनि दिएका छन्। ट्वीटमा भनेका छन्, ‘स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) November 28, 2019
याे पनि पढ्नुस् : प्रधानमन्त्रीकाे स्वास्थ्यमा उल्लेखनीय सुधार, हिडडुल गर्न थाले











