Kathmandu Press

महाभियोग सिफारिस समितिले सुरु गर्‍याे आफ्नो काम

महाभियोग सिफारिस समितिले सुरु गर्‍याे आफ्नो काम

काठमाडाैं, भदाै १ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छानबिन गर्न गठन भएको महाभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले छानविनका लागि कार्यबिधि र कार्यतालिका बनाउने निर्णय गरेको हो। अर्को बैठकमा समितिको कार्यबिधि र कार्यतालिका प्रस्तुत गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ।

बैठकमा समिति सदस्यहरुले महाभियोग प्रक्रिया छिटो भन्दा छिटो टुंग्याउनुपर्ने धारणा राखेका थिए। एमालेका सांसद कृष्णभक्त पोखरेलले एक महिनाभित्रमा नै टुंगोमा पुग्ने गरि काम गर्नुपर्ने बताउनुभयो। उहाले महाभियोगका बिषयमा एमाले तटस्थ रहेको दाबी गरे।

त्यस्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले महाअभियोग प्रस्ताव र अरु दस्तावेजमाथि अध्ययन गरेर छलफललाई तिब्रता दिनुपर्ने धारणा राखे। उनले एक महिनापछि चुनावमा केन्द्रित हुनुपर्ने भएकाले छोटोमा काम सक्ने गरी कार्यविधि बनाउनुपर्ने सुझाव दिए।

त्यस्तै माओवादी सांसद यशोदा गुरुङ सुवेदीले समितिमा कुनै विवाद नगरि समयमा नै निष्पक्ष छानविन गर्नुपर्ने बताए

प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि समितिले काम सुरु गरेको हो। साउन २२ गते बसेको प्रतिनिधिसभा बैठकले जवराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो। 

प्रकाशित मिति: १४:४२ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्