Kathmandu Press

बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, एकजना पक्राउ 

काठमाडौं, भदौ १ : बञ्चरेडाँडामा आन्दोलनरत स्थानीय र प्रहरीबीच झडप भएको छ । काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बञ्चरेडाँडा पुगेलगत्तै स्थानीय र प्रहरीबीच झडप...
बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, एकजना पक्राउ 

काठमाडौं, भदौ १ : बञ्चरेडाँडामा आन्दोलनरत स्थानीय र प्रहरीबीच झडप भएको छ । काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बञ्चरेडाँडा पुगेलगत्तै स्थानीय र प्रहरीबीच झडप भएको हो ।

प्रहरीको स्कर्टिङमा फोहोरका गाडी बञ्चरेडाँडा पुर्याएपछि आक्रोशित स्थानीयले रोक्ने प्रयास गरेका थिए, साेही क्रममा झडप भएको हो । प्रहरीले बल प्रयोग गर्न थालेपछि आन्दोलित स्थानीयले डाँडामा चढेर ढुंगा हान्न थालेका छन् । 

झडपको क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई पक्राउ गरेको बताइएको छ । 

बिहानैदेखि बञ्चरेडाँडाका स्थानीयहरु आन्दोलनको तयारीमा थिए । स्थानीयले अवरोध गर्ने सूचनापश्चात काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरु सिसडोलमा रोकिएका थिए । पछि प्रहरी पुगेपछि मात्रै फोहोरको गाडी अगाडि बढेको थियो । काठमाडौं प्रहरी परिसरका अनुसार बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालन गरिएको छ । 

मंगलबार पनि प्रहरी परिचालन गरी १८६ गाडी फोहोर विसर्जन गरिएको थियो ।  बुधबार दुई सय बढी गाडी फोहोर फाल्न पुगेका छन् । 
 

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्