आजदेखि उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयाेग गर्न नपाइने
काठमाडौं, भदाै १ : सरकारले आज (बुधबार) देखि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएको छ।वन तथा वातावरण मन्त्रालय र वन विभागले...
काठमाडौं, भदाै १ : सरकारले आज (बुधबार) देखि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएको छ।
वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमअनुसार ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको हो।
अब ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन र कारोबार भएर/भएकोबारे आजैदेखि अनुगमन थाल्ने वातावरण विभागले बताएकाे छ।
पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी र त्यसपछि धेरै प्रयोग हुने क्षेत्रमा अनुगमन गर्ने र नियम पालना नगर्नेलाई कारबाही गर्ने मन्त्रालयकाे भनाइ छ।
गत वर्ष साउनमा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएको थियो। त्यसपछि मन्त्रालयले सोसम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको पनि कार्यान्वयनमा आउन सकिरहेको थिएन।
२०७८ असोज १९ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो।
२०७८ माघ १७ गतेको मन्त्रिपरिषद बैठकले प्लास्किका झोला प्रतिबन्ध गर्ने नेपाल सरकारको निर्णयको प्रभावकारी कार्यान्वयनका लागि प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत गरेको पनि मन्त्रालयले जनाएको छ।
यसअघि २०७२ वैशाख १ देखि लागु हुनेगरी उक्त नियम बनाइएको थियो। तर त्यसको १२ दिनपछि भूकम्प गएका कारण सो नियम कार्यान्वयन हुन सकेको थिएन।
-78083-page-001.jpg)











