बञ्चरेडाँडामा आन्दोलनको तयारी भएपछि फोहोरका गाडी सिसडोलमै अड्किए
काठमाडौं, भदौ १ : काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएका गाडी सिसडोल पुगेर रोकिएका छन् । बुधबार बिहान काठमाडौंबाट गएका दुई सयभन्दा बढी गाडीहरु सिसडोलमै...
काठमाडौं, भदौ १ : काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएका गाडी सिसडोल पुगेर रोकिएका छन् । बुधबार बिहान काठमाडौंबाट गएका दुई सयभन्दा बढी गाडीहरु सिसडोलमै अड्किएका हुन् ।
बञ्चरेडाँडाका स्थानीयले आज पनि अवरोध कायम राखेकाले फोहोरको गाडी सिसडोलमै रोकिएको हो । काठमाडौंबाट प्रहरी पुगेपछि मात्रै फोहोरकोे गाडी अगाडि बढाइने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् । उनका अनुसार बुधबार पनि बञ्चरेडाँडामा आन्दोलन हुने सूचना प्राप्त भएकाले प्रहरीको सहयोगविना फोहोर फाल्न सम्भव हुने छैन ।
बञ्चरेडाँडाका स्थानीयले साउन महिनामा मात्रै १५ भन्दा धेरैपटक फोहोर फाल्न अवरोध गर्दै आएका छन् । मंगलबार पनि फोहोर फाल्न प्रहरीले बल प्रयोग गरेको थियो । स्थानीयको अवरोध हटाउन प्रहरीले हानेको रबरको गोली लागेर एक जना घाइते भएका छन् ।
बुधबार मंगलबारभन्दा ठूलो आन्दोलनको तयारी गरिएको बताइएको छ ।











