महाभियोग सिफारिस समितिको बैठक बस्दै
काठमाडौं, भदौ १ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगबारे छलफल गर्न महाभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित कानून, न्याय तथा...
काठमाडौं, भदौ १ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगबारे छलफल गर्न महाभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ ।
सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा समितिको आन्तरिक कार्यविधि निर्माण र पारित गर्ने एजेन्डा रहेको छ । साथै समििितको संयोजक चयन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।











