Kathmandu Press

आजदेखि पातलो प्लास्टिकको झोला प्रयोगमा रोक

काठमाडौं, भदौ १ : सरकारले आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला प्रयोगमा रोक लगाएको छ।वातावरण विभागले सूचना प्रकाशित गरी आजबाट ४० माइक्रोनभन्दा पातलो...
आजदेखि पातलो प्लास्टिकको झोला प्रयोगमा रोक

काठमाडौं, भदौ १ : सरकारले आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला प्रयोगमा रोक लगाएको छ।

वातावरण विभागले सूचना प्रकाशित गरी आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको जनाएको छ।

यसअघि २०७८ माघ १७ गतेदेखि नै प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको थियो। तर, कोरोना भाइरसको महामारीका कारण केही समय अनुगमन गर्न नसकेकोले कडाइ गर्न नसकिएको विभागले जनाएको छ।

आजदेखि भने कडाइका साथ अनुगमन गरिने विभागले जनाएको छ। विभागले सूचना जारी गर्दै ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्रीलाई पूर्ण रुपमा प्रतिबन्ध गरेको जनाउँदै प्रयोग गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।

विभागले सबैलाई पातलो प्लास्टिकको झोला प्रयोग नगर्न आग्रह पनि गरेको छ।

 

प्रकाशित मिति: ०७:३५ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्