Kathmandu Press

पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ १ : आज पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार हाल मनसुनको न्यून...
पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ १ : आज पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। जसले गर्दा प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

अहिले देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १ मा सामान्य बदली रहि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार गण्डकी प्रदेशका केही स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:०३ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्