आगामी निर्वाचनका लागि आयोगमा ८४ दल दर्ता
काठमाडौं, भदौ १ : आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्।सरकारले...
काठमाडौं, भदौ १ : आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्।
सरकारले आगामी मङ्सिर ४ गतेका निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो। साउन २३ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको थियो।
यो अवधिमा ८४ दलले आगामी निर्वाचनमा सहभागी हुनका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। यसअघि निर्वाचन आयोगमा ११६ दल दर्ता छन्।
आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ।
प्रकाशित मिति: ०६:४४ बजे, बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











