Kathmandu Press

केन्द्रीय सदस्य नपाएपछि कांग्रेससँगको साइनो तोड्ने चौधरीको घोषणा 

काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले केन्द्रीय सदस्य मनोनित नगरेको भन्दै छिट्टै पार्टीसँगको साइनो तोड्ने घोषणा गरेकी छिन् ।मंगलबार...
केन्द्रीय सदस्य नपाएपछि कांग्रेससँगको साइनो तोड्ने चौधरीको घोषणा 

काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले केन्द्रीय सदस्य मनोनित नगरेको भन्दै छिट्टै पार्टीसँगको साइनो तोड्ने घोषणा गरेकी छिन् ।

मंगलबार सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा नपरेपछि डिसीले पार्टीसँगको साइनो तोड्ने घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा देउवालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘आज केन्द्रीय सदस्यमा १० जना महिला मनोनित हुँदा पार्वता डिसी चौधरी अट्न सकिन अटिन। त्यसको लागि धन्यबाद छ। छिट्टै कांग्रेससँगको साइनो तोड्दै छु।’

हाल समानुपातिक सांसद रहेकी डिसी १२ औँ र १३ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा विजयी भएकी थिईन् । यधपी उनी १४ औं महाधिवेशनमा पराजित भएकी थिइन्। 

प्रकाशित मिति: २०:४० बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्