Kathmandu Press

सर्दुमा श्रमदान गर्न प्रचण्डलाई हर्ककाे निम्तो 

काठमाडौं, साउन ३१ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएका...
सर्दुमा श्रमदान गर्न प्रचण्डलाई हर्ककाे निम्तो 

काठमाडौं, साउन ३१ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्दु खोलामा श्रमदान गर्न निम्तो दिएका छन् ।

मंगलबार अध्यक्ष प्रचण्डसँगको भेटमा साम्पाङले धरानको सर्दु खोलामा श्रमदान गर्न निम्तो दिएको बताए । प्रचण्डले श्रमदानका लागि आउने प्रतिबद्धता जनाएकाे साम्पाङले बताएका छन्।

‘आज प्रचण्डसग भेट भयो, मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ,’ साम्पाङले फेसबुकमा लेखेका छन्,  ‘उहाँले ‘हुन्छ’ भन्नु भो  हेरौँ कहिले आउनु हुन्छ ?’  

प्रकाशित मिति: २०:०३ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्