Kathmandu Press

महाअभियोग सिफारिस समितिको बैठक बोलाइयो 

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्ने बुझिएको छ ।
महाअभियोग सिफारिस समितिको बैठक बोलाइयो 

काठमाडौं, साउन ३१ : महाअभियोग सिफारिस समितिको बैठक बोलाईएको छ । महाअभियोग सिफारिस समितिका अनुसार महाअभियोग सिफारिस समितिको बैठक बुधबार बिहान साढे ११ बजे सिंहदरवारमा बस्नेछ ।

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्ने बुझिएको छ ।

१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो ।

बुधबारबाटै निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु हुनेछ ।

११ सदस्यीय महाअभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र ड. शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्