बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा
एजेन्सी, मंसिर १२ः बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । गएराति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डलाई ३÷१ गोल अन्तर....

एजेन्सी, मंसिर १२ः बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । गएराति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डलाई ३÷१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले नकआउट चरणमा पुगेको हो ।
बार्सिलोनका लाथि कप्तान मेस्सी, लुइस स्वारेज र एन्टोनी ग्रिजम्यानले गोल गरे । टिम डर्टमुन्डका लागि जाडोन सान्चोले एक गोल फर्काए । समूह ‘एफ’ बाट एक खेल बाँकी रहँदै बार्सिलोना लिगको नकआउट चरणमा पुग्न सफल भएको हो ।
अब बार्सिलोनाले इन्टर मिलानसँग खेल्न बाँँकी छ । अपराजित बार्सिलोनाको ५ खेलबाट ११ अंक रहेको छ । डर्टमुण्ड ७ अंक सहित तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: ०७:५३ बजे, बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











