प्रधानमन्त्री देउवाले भेटे उपचाररत कांग्रेस नेता प्रदिप गिरी
काठमाडौं, साउन ३१ : निमोनिया देखिएपछि उपचाररत रहेका नेपाली कांग्रेसका नेता एवं सांसद प्रदिप गिरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेका छन् । नेपाल मेडिसिटी अस्पतालमा...
काठमाडौं, साउन ३१ : निमोनिया देखिएपछि उपचाररत रहेका नेपाली कांग्रेसका नेता एवं सांसद प्रदिप गिरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेका छन् ।
नेपाल मेडिसिटी अस्पतालमा उपचार गराईरहेका गिरीलाई प्रधानमन्त्री देउवाले भेटी स्वास्थ्य लाभको कामना गरेका हुन् ।
लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरुमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात गिरी नेपाल आएका थिए। तर नेपाल आउनेबितिक्कै निमोनिया देखिएपछि गिरी अस्पताल भर्ना भएका हुन्।
प्रकाशित मिति: १८:५५ बजे, मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











