Kathmandu Press

अष्ट्रेलियामा नोभेम्बरदेखि नेपाली लाइसेन्सले गाडी चलाउन नपाउने 

काठमाडौं, साउन ३१ : आगामी नोभेम्बरदेखि अष्ट्रेलियाको एनएसडब्लु राज्यमा नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वाहकले गाडी चलाउन नपाउने भएका छन्।यसअघि अष्ट्रेलिया बाहिरबाट...
अष्ट्रेलियामा नोभेम्बरदेखि नेपाली लाइसेन्सले गाडी चलाउन नपाउने 

काठमाडौं, साउन ३१ : आगामी नोभेम्बरदेखि अष्ट्रेलियाको एनएसडब्लु राज्यमा नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वाहकले गाडी चलाउन नपाउने भएका छन्।

यसअघि अष्ट्रेलिया बाहिरबाट आएका मानिसहरूले उनीहरूकै देशको लाइसेन्सबाट निर्वाध रूपमा गाडी चलाउन पाउँदै आएका थिए।

तर पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना र लापरबाहीलाई ध्यानमा राखेर नोभेम्बरदेखि अस्ट्रेलियन राज्य सरकारले अन्य कुनै पनि विदेशी लाइसेन्स वाहकलाई सवारी चलाउन रोक लगाउने भएको हो। 

यो सँगै अन्तर्राष्ट्रिय लाइसेन्स होल्डरले नोभेम्बरबाट एनएसडब्लु राज्यमा गाडी चलाउन तीन महिना भित्र अस्ट्रेलियन लाइसेन्स लिनुपर्नेछ। 

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्