Kathmandu Press

इन्धनको मूल्य नघटाउने आयल निगमको निर्णय 

काठमाडौं, साउन ३१ : नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै निगमले तत्काल इन्धनको मूल्य नघटाउने निर्णय भएको जानकारी...
इन्धनको मूल्य नघटाउने आयल निगमको निर्णय 

काठमाडौं, साउन ३१ : नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने भएको छ । 

मंगलबार पत्रकार सम्मेलन गर्दै निगमले तत्काल इन्धनको मूल्य नघटाउने निर्णय भएको जानकारी दिएको हो । 

मंगलबार भारतीय आयल कर्पोरेसन (आइओसी)ले घटाएको मूल्यसूची पठाएको थियो । यसअघि पनि दुईपटकसम्म आइओसीले मूल्य घटाएर इन्धन पठाएको भएपनि निगमले तत्काल उपभोक्ता मूल्य नघट्ने बताएको हो । 

मंगलबार पेट्रोलम प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ८० पैसा मूल्य घटाइएको हो । त्यस्तै हवाई इन्धन पनि प्रतिब्यारल ५ रुपैयाँ सस्तिएर आएको छ ।

तर निमगले अझै ऋणको दायित्व धेरै भएकाले इन्धनको उपभोक्त मूल्य यथावत् राख्ने निर्णय गरेको हो । ‘ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने, ‘अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’

प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्