Kathmandu Press

मुलुकभर ८४८ कोरोना संक्रमित थपिए, एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  ५ हजार ६१९ जनाको नमुना परीक्षण गर्दा  ८४८ जनामा संक्रमण देखिएको हो । 
मुलुकभर ८४८ कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं, साउन ३१ : बितेको चौबिस घन्टामा मुलुकभर ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  ५ हजार ६१९ जनाको नमुना परीक्षण गर्दा  ८४८ जनामा संक्रमण देखिएको हो । 

जसमध्य  २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा  ३९९ र २ हजार ८९७ जनामा एन्टीजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा  ५२६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसंगै नेपालभर कोरोनाको कुल संक्रमित संख्या पीसीआरतर्फ ९ लाख ९३ हजार  ८५८ र एन्टीजेनतर्फ १ लाख ४७ हजार ८२२ पुगेको छ । तीमध्य ९ लाख ७६ हजार ६०९ जना संक्रमणमुक्त भइसकेका छन् । 

हालसम्म ११ हजार ९९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालभर कोरोनाको सक्रिय संक्रमित संख्या ५ हजार २५९ पुगेको छ ।  
 

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्