Kathmandu Press

हामी पनि गठबन्धनकै अंग हौं, मापदण्डअनुसार सिट पाउँछौं : डा भट्टराई

मंगलबार पेरिसडाँडामा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुसँगको छलफलपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै डा भट्टराईले संघीय निर्वाचनका लागि गठबन्धनले बनाउने तालमेलको मापदण्डअनुसार नै अगाडि बढ्ने बताएका हुन् । 
हामी पनि गठबन्धनकै अंग हौं, मापदण्डअनुसार सिट पाउँछौं : डा भट्टराई
पेरिसडाँडामा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको छलफलपछि तस्बिर खिचाउने क्रममा नेताहरु । तस्बिर : प्रचण्डको सचिवालय

काठमाडौं, साउन ३१ : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले आफूहरु पनि सत्तारुढ गठबन्धनकै अंग रहेको बताएका छन् । 

मंगलबार पेरिसडाँडामा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुसँगको छलफलपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै डा भट्टराईले संघीय निर्वाचनका लागि गठबन्धनले बनाउने तालमेलको मापदण्डअनुसार नै अगाडि बढ्ने बताएका हुन् । 

उनले माओवादी केन्द्रको चुनाव चिह्न र घोषणापत्र लिएर निर्वाचनमा जाने विषयमा सहमति जुटेको जानकारी दिँदै निर्वाचन आयोगमा त्यसबारेको निवेदनसमेत दिएको बताए । सिट बाँडफाँटको विषयमा भने छलफलबाट टुंगो लगाइने उनले बताए । 

उनले चुनावी प्रयोजनका लागि मात्रै माओवादीसँग छलफल भएको बताए । उनले एक्लाएक्लै लडेर भन्दा मिलेर नयाँ ढंगले एकतावद्ध भएर जानु मुलुकको ऐतिहासिक आवश्यकता रहेको बताउँदै निर्वाचनपश्चात त्यसबारेमा वृहत छलफल हुने बताए ।

प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्