निर्वाचन प्रयोजनका लागि कांग्रेसले गर्याे दल दर्ता
काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।...
काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । मंगलबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर उपसभापति धनराज गुरुङ र मुख्यसचिव कृष्णप्रसाद पौडेलले दल दर्ता गराएका हुन्।
निर्वाचन आयोगले तोकेको दल दर्ताको समय आज सकिँदै छ । कांग्रेसले अन्तिममा दिन दल दर्ता गरेको हो । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता नहुँदा काँग्रेसले ढिलो गरी दल दर्ता गरेको हो ।
सभापति शेरबहादुर देउवाले मंगलबार १० जना महिलालाई केन्द्रीय सदस्य मनोनित गरेपछि दल दर्ता गर्न काँग्रेसलाई सहज भएको हो ।
अन्य दलहरुले यसअघि नै दल दर्ता गराइसकेका छन् ।
प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











