भारतबाट सस्तिएर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, साउन ३१ : नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले पठाएको मूल्य सूचीमा इन्धनको...
काठमाडौं, साउन ३१ : नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले पठाएको मूल्य सूचीमा इन्धनको मूल्य घटेर आएको निगमले जनाएको छ ।
आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार यसपटक पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ८० पैसा मूल्य घटाइएको हो । त्यस्तै हवाई इन्धन पनि प्रतिब्यारल ५ रुपैयाँ सस्तिएर आएको छ ।
अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको निगमका अधिकारीहरु बताउँछन् । नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।
आइओसीले इन्धनको मूल्य घटाएर पठाएको यो तेस्रो पटक हो । यसअघि दुईपटक मूल्य घटाएर पठाएपनि निगमले उपभोक्ता मूल्य नघटाएको भन्दै विरोध भएको थियो । यसपटक पनि घटेर आएपछि मूल्य समायोजन गर्ने नगर्नेबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने निगमले जानकारी दिएको छ ।











