राष्ट्रपतिद्वारा विन्ध्यावासिनी मन्दिरमा पूजाअर्चना
काठमाडौं, साउन ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गरेका छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका...
काठमाडौं, साउन ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गरेका छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गरे।
राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिव तीर्थ श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले मन्दिरमा स्वागत गरेका थिए।
सो अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट राष्ट्रपति भण्डारीलाई अध्यक्ष श्रेष्ठले मन्दिरका सम्बन्धमा जानकारी गराउनुका साथै मायाको चिनो हस्तान्तरण गरेका थिए।
प्रकाशित मिति: १२:३८ बजे, मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











