Kathmandu Press

भारतमाथि फिफाको प्रतिबन्ध

काठमाडाैं, साउन ३१ : विश्व फुटबल महासंघ (फिफा)ले भारतमाथि प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा तस्रो पक्षको हस्ताक्षेप भएको भन्दै...
भारतमाथि फिफाको प्रतिबन्ध

काठमाडाैं, साउन ३१ : विश्व फुटबल महासंघ (फिफा)ले भारतमाथि प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा तस्रो पक्षको हस्ताक्षेप भएको भन्दै फिफाले तत्कालदेखि लागू हुने गरी भारतीय फुटबलमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो।

फिफाले फुटबल संघमा तेस्रो पक्षको हस्तक्षेपलाई गम्भीर मान्दै त्यसलाई अस्विकार गर्दै आएको छ । एआईएफएफमाथि फिफाले प्रतिबन्ध लगाएसँगै भारतमा आयोजना हुने भएिको यू–१७ महिला विश्वकप पनि त्यहाँ नहुने भएको छ।

फिफाको प्रतिबन्धपछि भारतमा हुने कुनै पनि घरेलु फुटबल प्रतियोगितालाई फिफा र एसियाली फुटबल महासंघ (एएफसी) को मान्यता हुने छैन् । प्रतिबन्धपछि भारतीय राष्ट्रिय टिमले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैन्।

यो प्रतिबन्धपछि आसन्न महिला साफ च्याम्पियनसिप र यू–१७ पुरुष साफ च्याम्पियनसिपमा भारत सहभागी हुन पाउने छैन।

 

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्