खेलमा क्षेत्रमा लाग्ने युवाहरुको भविष्य उज्वल छ : महामन्त्री थापा

काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्न लोकतान्त्रिक खेलकुद संघलाई सुझाव दिएका छन्।
मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश, काठमाडौं क्षेत्र नंवर ४ को प्रशिक्षण कार्यक्रममा थापाले खेलमा लाग्ने युवाहरुको भविष्य उज्जल रहेको र देशको सेवा पनि हुने भएकाले यसप्रति ध्यान दिन सुझाव दिएका हुन्।
कुलतमा फस्ने युवाहरुको संख्या बढ्दै गएको अवस्थामा युवाहरुलाई बिभिन्न खेलमा आवद्ध गराए युवाहरुले सहि बाटो समात्ने उनले बताए ।थापाले दुई हप्ताभित्र कमिटी बनाएर आवश्यक खेल कार्यक्रम तय गर्न निर्देशन समेत दिएका छन् ।
प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











