Kathmandu Press

राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक अघि बढाउन एमालेको सुझाव

काठमाडौं, साउन २७ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सहमतिका नागरिकता बिधेयकलाई नयाँ ढंगले अघि बढाउन आह्वान गरेको छ।   प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका मुख्य...
राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक अघि बढाउन एमालेको सुझाव

काठमाडौं, साउन २७ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सहमतिका नागरिकता बिधेयकलाई नयाँ ढंगले अघि बढाउन आह्वान गरेको छ।   

प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका मुख्य सचेतक बिशाल भट्टराईले नागरिकता बिधेयकमा विवाद नगरि राष्ट्रिय सहमतिका साथ अघि बढाउन आह्वान गरेका हुन्। 

उनले नागरिकता बिधेयक फिर्ता भएसंगै राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको भन्दै आपत्ती जनाए । नागरिकता सम्बन्धी अध्यादेश र बिधेयक एउटै नभएकाले यस बिषयमा राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादित बनाउन नहुने उनले बताए।

उनले नागारिकता नागरिकले स्वत प्राप्त गर्नुपर्ने सुविधा भएको भन्दै यसबिषयमा सिंगो मुलुकमा जनतालाई बिभाजित गर्ने गरि छलफल र चर्चा हुनु मुलुकको हितमा नरहेको धारणा राखे। ..

भट्टराईले यसअघि लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता बिधेयक फिर्ता दिएर सरकारले ल्याएको अर्को बिधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता भएर छलफलको अर्को अवसर प्राप्त भएको जिकिर गरे।

प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्