बाबुरामसँगै वामदेवलाई पनि चुनाव चिह्न दिने माओवादी केन्द्रको निर्णय
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय गरेको जानकारी दिए।
काठमाडौं, साउन ३१ : नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नेसपा) र वामदेव गौतमलाई चुनाव चिह्न दिने निर्णय गरेको छ ।
मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय गरेको जानकारी दिए ।
गौतमलाई चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा बामदेव गौतम प्रचण्ड खेमामा थिए। तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएर पूर्ववत अवस्थामा फर्किंदा गौतमले भने दुवै दललाई एकतामा ल्याउन प्रयास जारी गर्ने भन्दै १४ माघ २०७७ मा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए।











