Kathmandu Press

संयुक्त दल दर्ताका लागि माओवादी र नेसपाका नेता निर्वाचन आयोग जाँदै 

आज दिउँसो १ बजे माओवादी केन्द्र र नेसपाका नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर चुनावमा भाग लिने जानकारी गराउने भएका छन्।  
संयुक्त दल दर्ताका लागि माओवादी र नेसपाका नेता निर्वाचन आयोग जाँदै 

काठमाडौं, साउन ३१ : नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसाप)संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । 

आज दिउँसो १ बजे माओवादी केन्द्र र नेसपाका नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर चुनावमा भाग लिने जानकारी गराउने भएका छन् ।  

संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि पनि आजै सकिँदैछ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । 

नेपाली काँग्रेस पनि आजै दल दर्ताको लागि आयोग जाने भएको छ। 

दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनाव लडेमा निर्वाचन परिणामले सबैभन्दा ठूलो दल जुन हुन्छ, उसैको संसदीय दल अन्तर्गत निर्वाचित जनप्रतिनिधि रहन्छन्।

प्रकाशित मिति: १०:४२ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्