Kathmandu Press

दल दर्ताको अन्तिम दिन, कांग्रेसले आज दर्ता गर्ने

काठमाडौं, साउन ३१ : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज दल दर्ताको अन्तिम दिन तोकिएको छ।सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि...
दल दर्ताको अन्तिम दिन, कांग्रेसले आज दर्ता गर्ने

काठमाडौं, साउन ३१ : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज दल दर्ताको अन्तिम दिन तोकिएको छ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले पनि तयारी थालेको छ। आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न तोकेको समय आज सकिँदै छ।

आयोगले साउन २३ गतेदेखि दल दर्ता गर्न शुरु गरेको थियो। अहिलेसम्म ६२ दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

यसअघि निर्वाचन आयोगका ११६ दल दर्ता छन्। उनीहरुमध्ये अहिलेसम्म ६२ दलले मात्रै आगामी निर्वाचनमा माग लिनका लागि निवेदन दिएका हुन्।

त्यस्तै, राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेसले आज दल दर्ता गर्ने भएका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यसअघि नै आयोगमा दल दर्ता गरिसकेको छ।

 

प्रकाशित मिति: ०८:४४ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्