Kathmandu Press

माओवादी स्थायी समिति बैठक बस्दै, बाबुरामबारे छलफल हुने

काठमाडौं, साउन ३१ : नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ।माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा बैठकमा जिम्मेवारी बाँडफाँड, समसामयिक...
माओवादी स्थायी समिति बैठक बस्दै, बाबुरामबारे छलफल हुने

काठमाडौं, साउन ३१ : नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा बैठकमा जिम्मेवारी बाँडफाँड, समसामयिक राजनीति र आगामी चुनावी रणनीतिका विषयमा छलफल हुने जनाइएको छ। सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो।

आजको बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँग सहकार्यका विषयमा पनि छलफल हुने जनाइएको छ। आगामी चुनावमा माओवादीकै चुनाव चिह्नबाट लड्ने डा. भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेका छन्।

यससँगै माओवादीले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। दल दर्ताका लागि आज अन्तिम दिन हो।

प्रकाशित मिति: ०७:४५ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्