Kathmandu Press

नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास गर्ने 

काठमाडौं, साउन ३० : नेपाली सेना र अमेरिकी सेनाले भोलि मङ्गलवारदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । २०६० सालदेखि हुँदै...
नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास गर्ने 

काठमाडौं, साउन ३० : नेपाली सेना र अमेरिकी सेनाले भोलि मङ्गलवारदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । 

२०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम भोलिदेखि सुरु हुने नेपाली सेनाले जनाएको हो । तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको छ । 

अभ्यासमा नेपाली सेनाको महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण तथा अमेरिकी सेनाको टुकडी सहभागी हुनेछन् । 

नेपाली सेनाका ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने तालिम काठमाण्डौको छाउनी र नगरकोट क्षेत्रमा सञ्चालन हुनेछ ।  तालिमका लागि टुकडी क्याप्टेनको नेतृत्वमा अमेरिकी सेनाको टोली आज सोमवार नेपाल आइपुगको छ । 

प्रकाशित मिति: १९:०२ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्