काठमाडौं उपत्यकामा २६४ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन ३० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १ सय ९८, ललितपुरमा ४२ र भक्तपुरमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५७ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ३ सय २०, ललितपुरमा ८ सय ७४ र भक्तपुरमा ६३ जना रहेको मन्त्रालयले जनाएको छ।
सोमबार देशभर ८ सय ८८ जना जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८७ पुगेको छ।
प्रकाशित मिति: १६:३७ बजे, सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











