Kathmandu Press

इजरायलले थप एक हजार नेपाली कृषि श्रमिक लैजाने

काठमाडाैं, साउन ३० : इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने भएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसँगको शिष्टाचार भेटवार्ताका क्रममा इजरायलका...
इजरायलले थप एक हजार नेपाली कृषि श्रमिक लैजाने

काठमाडाैं, साउन ३० : इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसँगको शिष्टाचार भेटवार्ताका क्रममा इजरायलका राजदुत खनान गोदेरले थप एक हजार नेपाली श्रमिक लैजाने बताएका हुन्। 

राजदूत गोदेर आज (सोमबार) मन्त्री कुँवरलाई भेट्न मन्त्रालय पुगेका थिए। उनीहरुबीच दुई देशबीचको श्रम सम्झौताबारे विशेष छलफल भएको जनाइउको छ।

राजदुत गोदेरका अनुसार इजरायल सरकारले एक हजार नेपाली श्रमिक कृषि क्षेत्रमा लैजाने निर्णय आइतबार मत्र गरेको हो। यसअघि सहायक कामदारका लागि ९ हजार ६ सय ९९ जनाले निवेदन दिएकोमा १ हजार १ सय ४७ जना छनोटमा परेर इजरायल जाने तयारीमा छन्। 

मन्त्री कुँवरले इजरायल सरकारको सहयोगप्रति राजदूत गोदेरलाई धन्यवाद दिँदै आगामी दिनमा नेपालका कृषि, पर्यटन, उद्योगलगायत विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरे। 

उनले विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरण कार्यक्रम पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न पनि राजदूतमार्फत आग्रह गरे।

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्