युवासंघद्वारा काठमाडौंका विभिन्न स्थानमा फोहाेर संकलन

काठमाडाैं, साउन ३० : नेकपा एमालेका भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंका विभिन्न स्थानमा फोहाेर संकलन गरेको छ।
लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहर संकलन गरिएको युवा संघले जनाएको छ।
फोहोरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्यसुरु गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए।
फोहर संकलन उपत्यकाका विभिन्न स्थानमा निरन्तर चल्ने र फोहर बिसर्जन गर्ने स्थलसम्म पुराईने उहाले बताए। उनले फोहर विसर्जनका विषयमा यसअघि पनि विवाद भए पनि यसपटक भने यसलाई व्यवस्थापन गर्न महानगर चुकेको जस्तो देखिएको बताए।
सत्तारूढ दलहरुले नै फोहर विसर्जनमा अवरोध सिर्जना गर्न खोजेकाले सबै समस्याको समाधान राज्यले खोज्नुपर्ने पौडेलको भनाइ छ।
प्रकाशित मिति: १५:१६ बजे, सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











