Kathmandu Press

सरकारकाे आग्रहपछि बन्चरेडाँडाका प्रभावितद्वारा आन्दोलन स्थगित

काठमाडाैं, साउन ३० : उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बन्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन्। उनीहरुले सरकारले मागेको तीन महिना...
सरकारकाे आग्रहपछि बन्चरेडाँडाका प्रभावितद्वारा आन्दोलन स्थगित

काठमाडाैं, साउन ३० : उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बन्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन्। उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्नेसमेत चेतावनी दिएका छन्।

सोमबार काठमाडौंमा पत्रका सम्मेलन गर्दै बन्चरे डाँडा फोहोर ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न तीन महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो।

गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदन अनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थागित गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए।

उनले सरकारले गरेको निर्णयमा प्राविधिक टोलीले ३ महिनाभित्र तथ्यगत रिपोट तयार गर्ने र सो रिपोर्टको आधारमा काम अघि बढाइने उल्लेख गरे। ती महिनासम्म सम्पूर्ण सिस्डोल फोहोर व्यवस्थापन संघर्ष समितिहरुले आफ्नो आन्दोलन रोकेर प्राविधिकको टोलीलाई सहयोग गर्ने उनले बताए।

उनले राज्यको प्रतिनिधित्व गर्ने काठमाडौं महानगरले धेरै वर्षदेखि स्थानीयहरुलाई अवाञ्छित रुपमा समस्या खडा गरेर चुप बसेको भन्दै उक्त कार्य फेरी नदोहोर्याउन समेत चेतावनी दिए।

प्राविधिक टोलीले तथ्यगत र स्थानीयको भावनालाई बुझेर रिपोर्ट बनाउनेमा आफु विश्वस्त भएको उनको भनाइ छ। 

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्