Kathmandu Press

समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुनु आवश्यक : प्रचण्ड

काठमाडाैं, साउन ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक परितर्वनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको बताएका...
समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुनु आवश्यक : प्रचण्ड

काठमाडाैं, साउन ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक परितर्वनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एनइए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो नेपालको आफ्नै मोडलमा मुलुकलाई बिकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका हुन्।

प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सबैका निम्ति चासो र चिन्ताको विषय भएको जिकिर गरे। अहिले राजनीतिक स्थायित्व, राष्ट्रिय एकताका साथ मुलुक समृद्धको बाटोमा अघि बढोस् भन्ने सबैको चाहना रहेको उनको भनाइ छ।

प्रचण्डले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरुलाई सदुपयोग गरेर २१औं शताव्दीमा एकतासाथ विकासको गति लिन सक्नुपर्ने उल्लेख गरे।

उनले अब एकपटक देशको आर्थिक समृद्धि र जनताले चाहेको जस्तो विकास गर्न आफु समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कला क्षेत्रमा समर्पित विभिन्न व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो।

प्रकाशित मिति: १४:५२ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्