Kathmandu Press

आफ्नो स्वार्थपूर्तिका लागि ‘फोहोर’मा राजनीति गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : महामन्त्री थापा

काठमाडाैं, साउन ३० : कांग्रेस महामन्त्री गगन थापाले फोहोरको समस्या समाधानका लागि काठमाडौं महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन्।कांग्रेसबाट स्थानीय तहमा...
आफ्नो स्वार्थपूर्तिका लागि ‘फोहोर’मा राजनीति गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : महामन्त्री थापा

काठमाडाैं, साउन ३० : कांग्रेस महामन्त्री गगन थापाले फोहोरको समस्या समाधानका लागि काठमाडौं महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन्।

कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि भइरहेको अभिमुखीकरण कार्यक्रमका सन्दर्भमा ललितपुरको सानेपा पुगेका महामन्त्री थापाले पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा त्यस्तो बताएका हुन्।

काठमाडौं क्षेत्र नं. ४ का सांसदसमेत रहेका उनले तत्कालको स्वार्थका लागि फोहोरको विषयमा राजनीति गर्नेलाई कारबाही गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

 ‘काठमाडौंको फोहोर व्यवस्थापन नहुँदा समस्या निम्तिएको छ। उक्त समस्या समाधानका लागि सबै सरोकारवालाले आ–आफ्नो ठाउँबाट पहल गर्नु जरुरी छ,’ उनले भने,  ‘कसैले तत्कालको फाइदाका लागि असहयोग गर्छ वा राजनीति गर्न खोज्छ भने त्यस्तो मान्छेलाई सार्वजनिक गर्नुपर्छ। जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने असधकार कसैलाई छैन।’

महामन्त्री थापाले फोहोरको समस्या समाधानका लागि सहरी विकासमन्त्री मेटमणि चौधरी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेरै कुराकानी गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

उनले फोहोरको समस्या समाधान गर्न काठमाडौं र धादिङका सांसदलाई राखेर एउटा बलियो संयन्त्र बनाउनुपर्ने धारणा व्यक्त गरे। संकट परेको बेला तत्काल सम्झौता मात्र हुने काम अघि नबढ्ने परिस्थितिको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्