उपसभापति गुरूङले जनप्रतिनिधिलाई भने- जनतासमक्ष गरेको प्रतिबद्धताबमाेजिम काम गर्नुहाेस्
काठमाडाैं, साउन ३० : कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई चुनावमा जनतासमक्ष गरेको प्रतिबद्धता नबिर्सन आग्रह गरेका छन्।कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका...
काठमाडाैं, साउन ३० : कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई चुनावमा जनतासमक्ष गरेको प्रतिबद्धता नबिर्सन आग्रह गरेका छन्।
कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित अभिमुखीकरण कार्यक्रमको आज (सोमबार) उद्घाटन गर्दै उनले स्थानीय तहकाकांग्रेस जनप्रतिनिधिलाई पारदर्शिता र जवाफदेहितालाई मूलमन्त्र बनाएर काम गर्न निर्देशन दिए।
उनले कांग्रेसलाई भोट नदिने जनताका आवाजलाई समेत सम्बोधन गर्नेगरी काम गर्न उनले आग्रह गरे।
‘अध्याँरो कोठामा कसैले देख्दैन भनेर नसम्झिनुहोला पारदर्शिताको कुरामा सधैं सचेत रहनुहोला,’ उनले भने, ‘भोट दिने जनताले प्रश्न गर्न सक्छन्, भोट नदिएको जनतालाई पनि उत्तर दिनु जरुरी छ। चुनावका बेला गरिएको अठोट र प्रतिबद्धताअनुसार काम गर्नुहोस्।’
कांग्रेसले आफ्नो पार्टीका तर्फबाट निर्वाचित देशभरका नगरपालिकाका प्रमुख र उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। साे कार्यक्रम मंगलबार सम्पन्न हुने जनाइएको छ।











