Kathmandu Press

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चुनाव चिह्र दिनेबारे पछि जानकारी गराइने

काठमाडौं, साउन ३० : माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।साे पार्टीले आज (सोमबार) आयोगकाे कार्यालयमा दल...
माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चुनाव चिह्र दिनेबारे पछि जानकारी गराइने

काठमाडौं, साउन ३० : माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।

साे पार्टीले आज (सोमबार) आयोगकाे कार्यालयमा दल दर्ता गराएकाे हाे। त्यसका लागि लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायलगायत नेताहरू आयाेगमा पुगेका थिए।

माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेकाले दुवै दलले छुट्टाछुट्टै निर्णयका लागि गृहकार्य भइरहेको जनाइएको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच एउटै चुनाव चिह्नमा लड्ने विषयमा सहमतिमा पुगे पनि त्यसलाई दुवै पार्टीबाट अनुमाेदन गराउनुपर्ने हुन्छ।   

दुवै पार्टीका मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा एउटै चिह्नबाट चुनाव लड्ने निर्णय अनुमोदन गराएपछि निर्वाचन आयोगलाई जानकारी गराउने माओवादी नेताहरूले बताएका छन्। 

निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्थामा दुई पार्टीले एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णय गरे त्यसबारे आयोगलाई जानकारी गराउनुपर्ने उल्लेख छ।

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्