Kathmandu Press

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, साउन ३० : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक भोलि बिहान ८...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, साउन ३० : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । 

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित भएको हो ।  आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको थियो। 

बैठकमा  नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्