पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध : मन्त्री श्रेष्ठ
काठमाडाैं, साउन २० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ...
काठमाडाैं, साउन २० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई आकर्षित र विकास गर्ने गरी सरकारले काम गरिरहेको बताए।
उनले मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले कार्ययोजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढाएको बताए।
मन्त्री श्रेष्ठले आन्तरिक पर्यटनलाई बढावा दिदै बाह्य पर्यटन भित्राउनका लागि सम्बन्धीत संस्थासंग सहकार्य गर्दै अघि बढिने जानकारी दिए।
त्यस्तै उनले अहिले आरोहणमा नरहेका पाँच हजार आठ सय मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिन मन्त्रालयले योजना अगाडि बढाएको बताए।
टानको वार्षिक साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।











