Kathmandu Press

भक्तपुरको दत्तात्रय मन्दिरमा भक्तजनको घुइँचो

साउन, साउन ३० : साउनको अन्तिम सोमबार भक्तपुरको दत्तात्रय मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ।ब्रम्हा, विष्णु र महेश्वरएकै स्वरुप त्रिशक्तीको रुपमा पुजिने यस...
भक्तपुरको दत्तात्रय मन्दिरमा भक्तजनको घुइँचो

साउन, साउन ३० : साउनको अन्तिम सोमबार भक्तपुरको दत्तात्रय मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ।

ब्रम्हा, विष्णु र महेश्वरएकै स्वरुप त्रिशक्तीको रुपमा पुजिने यस मन्दिरमा बिहानैदेखि पूजाआजाका लागि भक्तजन पुगेका थिए। साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर इ.सं. १४२७ मा राजा यक्ष मल्लले बनाउन लगाएका थिए। यसको प्रमुख विशेषता भनेको यो मन्दिर ठूलो एउटै रुखबाट बनेको जनविश्वास रहेको छ।

प्रकाशित मिति: १२:१६ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्