साहरूख प्रपोज गर्ने खालका व्यक्ति नै होइनन् : काजोल
एजेन्सी, मंसिर ११ : आफ्ना प्यानहरुले कौतुहतापूर्वक सोधेका प्रश्नलाई बलिउड नायिका काजोलले सामाजिक सञ्जालमार्फत जवाफ दिएकी छिन्।
ना....

एजेन्सी, मंसिर ११ : आफ्ना प्यानहरुले कौतुहतापूर्वक सोधेका प्रश्नलाई बलिउड नायिका काजोलले सामाजिक सञ्जालमार्फत जवाफ दिएकी छिन्।
नायिका काजोलले इन्स्टाग्राममा फ्यानलाई जुनसुकै प्रश्न सोध्न भनेकी थिइन्। उनको आग्रहपछि सयाैं फ्यानले सारुख खानका विषयमा प्रश्न सोधका थिए, जुन निकै रोचक छन्।
एक फ्यानले काजोललाई सोधे–‘के तपाईंको जिन्दगीमा अजय देवगणसँग भेट नभएको भए साहरुख खानसँग बिहे गर्नुहुन्थ्यो?’ यो प्रश्नमा जवाफमा काजोलले भनेकी छिन्– ‘साहरुख प्रपोज गर्ने खालका व्यक्ति नै होइनन्।’
काजोललाई अर्का फ्यानले प्रश्न सोधेका छन्– अजय देवगण र साहरुख खानमध्ये को राम्रो कलाकार ? जसमा काजोलले दुवै नायकबारे पक्ष या विपक्षमा कुरा नगरी ‘स्थितिमा भर पर्ने’ चलाखीपूर्ण जवाफ दिएकी छिन्।
काजोल र साहरुखको जोडीलाई लिएर फ्यानका मनमा उठ्ने कुराबारे उनले साहरुखसँगको आफ्नो सम्बन्धबारे ‘जिन्दगी भरको मित्रता’ भनेकी छिन्।
कुनै चर्चित जोडीका रुपमा देखिएका साहरुख र काजोलले ‘बाजिगर, दिलवाले दुल्हनिया ले जायङ्गे, करण अर्जुन, कभि खुशी कभि गम, दिलवाले, कुछ कुछ होता है, माई नेम इज खान लगायतका सिनेमामा अभिनय गरेकी छिन्।












