Kathmandu Press

तरुणदलले माग्यो राष्ट्रपति भण्डारीको राजीनामा

काठमाडौं, साउन ३० : सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। संघीय संसद्का दुवै सदनबाट पारित नागरिकता...
तरुणदलले माग्यो राष्ट्रपति भण्डारीको राजीनामा

काठमाडौं, साउन ३० : सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। 

संघीय संसद्का दुवै सदनबाट पारित नागरिकता विधेयक फिर्ता गरेको भन्दै दलले राष्ट्रपतिले राजीनामा नदिए उनलाई महाभियोग लगाएर पदच्यूत गर्न सरकारसँग माग समेत गरेको हो। 

‘राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलबाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनी राजीनामा दिनु उचित हुने अन्यथा महाभियोगबाट पदच्यूत समेत गर्न सार्वभौम संसद् र नेपाल सरकारसँग नेपाल तरुण दल केन्द्रीय समिति जोडदार आग्रह गर्दछ’, तरुण दलका अध्यक्ष विद्वान् गुरुङद्वारा विज्ञप्तिमा भनिएको छ।

No description available.

प्रकाशित मिति: ११:५४ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्