फाेहाेर व्यवस्थापनकाे लागि मेयर साहसँग कुरा गर्न गठबन्धनका शीर्ष नेताहरूद्वारा प्रधानमन्त्रीलाई आग्रह
काठमाडाैं, साउन २९ : सत्तारुढ गठबन्धनले काठमाडौंको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गरेकाे छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले...
काठमाडाैं, साउन २९ : सत्तारुढ गठबन्धनले काठमाडौंको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गरेकाे छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हाे।
फोहोरकै कारण कुनै पनि बेला काठमाडाैंमा महामारी फैलिनसक्ने भन्दै फाेहाेर व्यवस्थापनकाे लागि मेयर साहसँग छलफल गर्न आग्रह गरेका हुन।
‘महानगरले कुनै कदम चाल्दैछ भने त्यसमा सहयोग गर्नुस्, संघीय सरकारले कुनै हस्तक्षेप गर्न आवश्यक छ भने गर्नुपर्यो। यसरी हेरेर बस्नु भएन भन्ने छ’, गठबन्धनका एक नेताले भने।
बैठकले महंगी नियन्त्रणका लागि बजार अनुगमन लगायतका संयन्त्र प्रभावकारी बनाउन पनि सरकारलाई आग्रह गरेको छ। साथै सिट बाँडफाँटका लागि बनेको कार्यदललाई छिटो काम सक्न समेत भनिएको एक नेताले बताए।











