Kathmandu Press

निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान 

काठमाडौं, साउन २९ : निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान गरेको छ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश...
निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान 

काठमाडौं, साउन २९ : निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान गरेको छ । 

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन सम्बन्धी काम कारवाहीको विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले आयोगले इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको हो । 

आइतबार प्रकाशित सूचनाअनुसार इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुले १५ दिनभित्र आयोगले तयार गरेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । 

साथै, निर्वाचनमा पर्यवेक्षण व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले साउन २८ गते निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: २०:४६ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्