Kathmandu Press

धर्मपुत्री बनाएर राखेकाे १३ वर्षीया बालिकामाथि बलात्कार

काठमाडाैं, साउन २९ : बलात्कारकाे आराेपमा चन्दननाथ नगरपालिका–७ का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। धर्मपुत्री बनाएर राखेकाे १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी...
धर्मपुत्री बनाएर राखेकाे १३ वर्षीया बालिकामाथि बलात्कार

काठमाडाैं, साउन २९ : बलात्कारकाे आराेपमा चन्दननाथ नगरपालिका–७ का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। धर्मपुत्री बनाएर राखेकाे १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले प्रेमजंग (प्रेमराजा) महतलाई पक्राउ गरेको हो।

पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाले महतलाई चन्दननाथ–५ जुगाड खोलाबाट शनिबार साँझ पक्राउ गरेकाे हाे।

निर्माण व्यवसायीसमेत रहेका महतले बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग हुने भनी ०७९ वैशाखमा आफ्नो घर लगेका थिए।

महतले एक महिनासम्म पटक-पटक जबर्जस्ती करणी गर्दै आएकाे पीडित बालिकाले बताएकी छिन्। बालिकाका अनुसार महतले उक्त विषयमा अरूसँग कुरा गरे मारिदिने धम्कीसमेत दिने गरेका थिए।

महतले धम्की दिएपछि थप पीडित बनेकी बालिकाले आत्महत्याको प्रयास गरेर विष सेवन सकेत गरेकी थिइन।

प्रकाशित मिति: २०:०१ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्