Kathmandu Press

प्रधानमन्त्री र मन्त्रीहरू बस्ने सहरको बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ

काठमाडौं, साउन २९ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशकै राजधानी काठमाडौंमा फोहोर व्यवस्थापन गर्नमा श्रमदान गर्न इच्छुक भएको बताएका छन।उपमहानगरको मेयर निर्वाचित...
प्रधानमन्त्री र मन्त्रीहरू बस्ने सहरको बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ

काठमाडौं, साउन २९ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशकै राजधानी काठमाडौंमा फोहोर व्यवस्थापन गर्नमा श्रमदान गर्न इच्छुक भएको बताएका छन।

उपमहानगरको मेयर निर्वाचित भएपछि पहिलोपटक काठमाडौं आएका साम्पाङले महानगरका सडकमा थुप्रिएको फोहोर देखेपछि उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजधानीको फोहोर हटाउन श्रमदान गर्न चाहेको बताएका हुन।

‘काठमाडौंका चिल्ला र फराकिला सडकका किनारमा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो।’ उनले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो।’

धरानमा खानेपानीको अभाव पूर्ति गर्न एकसूत्रीय रूपमा लागिपरेका साम्पाङ सरोकारवाला मन्त्री र सचिवहरूसँग छलफल गर्न काठमाडौं आएका थिए।

प्रकाशित मिति: १९:४९ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्