Kathmandu Press

१२ वर्षाीया छाेरी बलात्कारकाे आराेपमा बाबु पक्राउ

काठमाडाैं, साउन २९ : प्रहरीले छाेरी बलात्कार गरेकाे आराेपमा बाबुलाई पक्राउ गरेको छ। सुर्खेत प्रहरीले १२ बर्षीया बालिका बलात्कार गर्ने गुर्भाकोट नगरपालिकाका बुबालाई...
१२ वर्षाीया छाेरी बलात्कारकाे आराेपमा बाबु पक्राउ

काठमाडाैं, साउन २९ : प्रहरीले छाेरी बलात्कार गरेकाे आराेपमा बाबुलाई पक्राउ गरेको छ। सुर्खेत प्रहरीले १२ बर्षीया बालिका बलात्कार गर्ने गुर्भाकोट नगरपालिकाका बुबालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी मेहलकुनाबाट खटिएकाे प्रहरी टोलीले पीडकलाई शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ। यही साउन २६ गते घटना भएको भए पनि दुई दिनपछि मात्रै सार्वजनिक भएकाे थियाे। घटनाबारे आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए।

बालिकाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्