Kathmandu Press

सिट बाँडफाँटका लागि छिटो प्रतिवेदन तयार गर्न कार्यदललाई गठबन्धनको निर्देशन

सिट बाँडफाँटका लागि छिटो प्रतिवेदन तयार गर्न कार्यदललाई गठबन्धनको निर्देशन

काठमाडौं, साउन २९ : सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठित कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।

आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले केहिदिन अघि गठन गरिएको सिट बाँडफाँट व्यवस्थापन समितिलाई चाँडो भन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

त्यस्तै बैठकले काठमाडौं उपत्यकामा केहि दिनदेखि फोहर मैला व्यवस्थापन हुन नसक्दा देखिएको समस्यालाई समाधान गर्नका लागि तत्काल आवश्यक पहलकदमी गर्न सुझाव दिने निर्णय गरेको छ भने मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमन व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन सुझाव दिने निर्णय भएको कार्कीले बताए । 

प्रकाशित मिति: १९:०२ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्