बञ्चरेडाडाँमा फाेहाेर फाल्न नदिन सत्तारूढ तीन दल एककाे एकमत
काठमाडाैं, साउन २९ : धादिङको धुनिवेशी नगरपालिका–१ का सत्तारूढ तीन दलले बञ्चरेडाडाँमा फाेहाेर फाल्न नदिने बताएका छन।कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष...
काठमाडाैं, साउन २९ : धादिङको धुनिवेशी नगरपालिका–१ का सत्तारूढ तीन दलले बञ्चरेडाडाँमा फाेहाेर फाल्न नदिने बताएका छन।
कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका हुन्।
विगत १७ वर्षदेखि काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानिय वासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बन्नुका साथै दीर्घरोगले पीडित बनाएको उनीहरुले बताएका छन्। उनीहरुले नगर प्रमुखलाई बुझाएको पत्रमा भनिएको छ, ‘स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलन पश्चात काठमाडौं महानगर लगायत राज्यको विभिन्न अङ्गसंग पटक पटक गरेर अहिले सम्म १७४ वटा सहमति भएको थियो। त्यो सहमति कार्यान्वयन गर्न नचाहेको र राज्यको आफ्नै निकायले गरेको सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनतामाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गरेको छ।’
बक्तव्य जारी भएसँगै काठमाडौं महानगरका अधिकारीहरुले भने यसलाई फोहोरमाथि भएको राजनीति भएकाे बताएका छन।












